झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित भावना टोलमा अबिरल बर्षासँगै परेको चट्याङले लागेर दुई वटा राँगाको मृत्यु भएको छ । 

आज (सोमवार) बिहान अन्दाजी ४ बजेको समयमा परेको चट्याङले भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको २ वटा राँगाको मृत्यु भएको हो । त्यस्तै चट्याङले लागेर एउटा माउ भौसीको देब्रे पट्टिको करङमा सामान्य चोट लागेको छ । 

चट्याङले लागेर दुई वटा राँगाको मृत्यु हुँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।