झापा । 

गएराती बर्षासँगै परेको चट्याङले झापा गाउँपालिका वडा नम्बर ३ स्थित गौरीगाउँमा आगलागी भएको छ । मंगलबार राती १२ः३० बजेको समयमा बर्षासँगै परेको चट्याङल गौरीगाउँका धनप्रसाद पौडेलको दुई बिघा खेतको परालको कून्युमा आगलागी भएको हो ।  

शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानियको सहयोगमा आज बिहान  ६ः५० बजेको समयमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आलगीबाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।