झापा । 

झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुली मोडमा ट्रिपर र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २१ जना घाइते भएका छन् ।  आज (मंगलबार) बिहान ७ः१५ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको ट्रिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्किदा दुर्घटना भएको थियो । 

दुर्घटनामा बसमा सवार २१ जना  यात्रुहरुहरु घाइते भई उपचारको लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना लाईफलाईन अस्पताल दमकमा ९ जना  र दमक अस्पतालमा १ जना पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरुको पहिचान सहितको बिवरण बुझ्ने कार्य भईरहेको र बस र ट्रिपर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । 

बस चालक उदयपुरको त्रियुगा नगरपालिका वडा न. ३ का ४५ बर्षिय अशोक बोट र ट्रिपर चालक धनुषाको गणेशमाननगरपालिका–५ का ३४ बर्षिय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेको र  सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।