झापा ।  

गएराती आएको अविरल वर्षाको कारण झापाको कचनकबल गाउँपालिका वडा नम्बर ५ खुट्टागञ्जको एक घर परिवार पूर्ण रुपमा बिस्थापित भएको छ । कुञ्जि राजवंशीको परिवार संख्या ३ जना पूर्ण रुपमा विस्थापित भएर कचनाकवल –५ का वडा सदस्य प्रभा राजवंशीकोमा गएर बसेको प्रहरीले जनाएको छ । 

त्यस्तै एउटा घर डुवानमा परेको छ भने तीन घर परिवार जोखिममा रहेका छन् । टाँटी बेराले बनेको टिनको छानो भएको एक तल्ले घरमा अन्दाजी २ फिट पानी पसेर डुबान भएको छ ।  

कचनकबल गाउँपालिका ५ खुट्टागञ्जकी श्रीमला देवीराजवंशी परिवार संख्या एक, कार्तिक राजवंशी परिवार संख्या ५ जना, संजय राजवंशी परिवार संख्या ४ जना जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी अविरल बर्षाका कारण कचनाकवल गाउँपालिकासहित बनियानीको मुल चोकसमेत डुवान भएको छ ।