बिर्तामोड  । 

प्रत्येक सोमवार साप्ताहि रुपमा बन्द हुँदै आएको बिर्तामोडको ब्यवसाय आज (सोमबार) बाट सातै दिन शुचारु हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै आजबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो ।  


संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै वडादशैं, तिहार, छठ पर्व नजिकिदै गएकाले चाडवार्डलाई लक्षित गरी कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन् ।


यस बीचमा नेपालीहरुको महान चार्ड विजयादशमी, दिपावली, छठलगायतका पर्व रहने र सुलभ दरमा व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई संघले समेत अनुरोध गरेको छ ।