झापा । 

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखामा रहेको कनकाई माईखोलामा डुवेर एक जनाको मृत्यु भएको छ भने एक जना यो समाचार तयार पार्दासम्म बेपत्ता भएका छन् । 

भद्रपुर नगरपालिका–५ का अन्दाजी १७ बर्षिय फिरोज खान, बिर्तामोड नगरपालिका–२ का अन्दाजी १८ बर्षिय उज्वल राई समेत ४ जना केटाहरु दोमुखा घुम्न  गएका थिए । 

माइखोलामा नुहाउने क्रममा आज (सोमवार) दिउँसो ३ बजे फिरोज खान र उज्वल राई खोलामा डुबेर बेपत्ता भएको जानकारी.३ः२० बजे अस्थाई प्रहरी चौकी माइधारमा जानकारी प्राप्त भएको थियो । उक्त जानकारी पाएसँगै अस्थाई प्रहरी चौकी माइधारको प्रहरी टोली खोज तलास भइरहेको छ । 

थप खोज तलासको लागि इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय शिवगञ्ज, प्रहरी चौकी कुञ्जिवारीबाट प्रहरी टोलि खटि माईखोलामा खोजतलासको लागी परिचालन भएका थिए । 

खोजतलास गर्ने क्रममा साँझ ५ः१५ बजेको समयमा फिरोज खानको सव घटना स्थलबाट १०० मिटर दक्षिणमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको थियो । खानको  साँझ ७ बजे कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

अर्का उज्वल राई हालसम्म फेला नपरेकोले ५ः३५ बजे कोशी प्रदेश प्रहरी बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको प्रहरी टोलीले  खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर