- दीपक उप्रेती
हल्दीबारी ।
झापाको हल्दीबारीमा यस बर्षको बडादशैं आज (बिहीवार) फुलपातिका दिन भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडादशैं २०८१ मा हल्दीबारी–४ स्थित बडाबारी बजार अर्थात वडा नम्बर ४ को कार्यालयबाट पाथिभरा पर्यटकीय क्षेत्र हुँदै श्री नव दुर्गा मन्दिरसम्म कलश यात्रा गरेर पुनः हल्दीबारी–४ आएर कोणसभामा परिणत भएको थियो । नव पत्रिका प्रवेश साथै नगर परिक्रमा कार्यक्रम आयोजना गरेर बडादशैं भित्र्याइएको हो ।
कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै धार्मिक जागरणको प्रराम्भ भएको बताएका छन् । उनले बिधिन्न जातजाती, भाषा, धर्म रहेको नेपालमा मिलेर पर्वहरु मनाउने परम्परा भएको भन्दै खुसी ब्यक्त गरे । भ्रमपूर्ण प्रचार सिर्जना गरेर कहिकतैबाट भ्रम सिर्जना भएको बताउँदै बडादशैं सवैको साझा पर्व भएकोले सवैले मिलेर मनाउन उनले आग्रह गरेका छन् ।
बडादशैंको सातौं दिन अर्थात सप्तमी तिथिमा पर्ने यस दिन नेपालीहरुले कालरात्री देवीको पूजा आरधना गरेर मनाउने गरेका छन् । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातिलाई आज दशैं घरमा भित्र्याइन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाति भित्र्याइने परम्परा रहि आएको छ ।
दशैं ैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याइने चलन रहेको छ । सोही परम्परा अनुसार हल्दीबारी–४ कार्यालयवाट दशैैंघरबाट ल्याइएको फुलपाति परम्परा अनुसार नै भित्र्याइदै आएको छ । सोही अनुरुप हल्दीबारी–४ कालीमन्दिरदेखी ल्याइएको फूलपातीलाई नेपाली प्रहरी तथा प्रहरीको पल्टन, निजामती उच्च पदस्थ कर्मचारीहरू, ब्याण्डबाजा, पञ्चेबाजासहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ हल्दीबारी दशैं घरमा भित्र्याइएको छ ।
हल्दीबारी–४ का वडाध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, पालिका र वडाका कर्मचारी, स्थानीय संघ/संस्था, स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
















