झापा । 

सवारी दुर्घटनामा घाइते भएका झापामा एक जनाको गएराति १२ः३० बजेको समयमा मृत्यु भएको छ । गत कार्तिक १८ गते साँझ ७ः१५ बजे झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदैं गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

सो दुर्घटनामा घाइते भएका हल्दिबारी गाउँपालिका वडा न.२  अन्दाजी २१÷२२ बर्षिय सुमन मर्डी घाइते भएका थिए । घाइते उनको तत्काल प्रदेशिक अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा घाइतेको अवस्था गम्भिर हँुदै गएकोले सोहि दिन राति ९ः३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगीएको थियो । 

त्यहाँ उपचार भईरहेका उनलाई थप उपचारका लागि कार्तिक २३ गते आफन्तले आफुखुसी भारततर्फ लगेको र उपचार सम्भव नभएको भन्दै घरमा ल्याई राखेको प्रहरीले जनाएको छ । 

उनलाई  थप उपचारका लागि कार्तिक २५ गते न्युरो अस्पताल बिराटनगर मोरङ लगि सामान्य उपचार पश्चात पुनः घरैमा ल्याई राखेको अवस्थामा मृत्यु भएको बताइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।