झापा ।
झापा कमल गाँउपालिका वडा नम्बर १ गडुमारीमा घरमा आगलागी भएको छ । आज (सोमबार) सोही स्थानका खगेन्द्र थापाको घरमा ३ः५० बजेको समयमा आगलागी भएको हो ।
थापाको बासको भाटाको टाटीबेरा, टिनको छानो भएको एक तले भुई घरमा अचानक आगलागी भएको थियो । आगलागीमा घर र घरमा भएको नगद ५० हजार रुपैयाँसहित भाडा वर्तन, अन्नपात, लता कपडा जलेर नष्ट हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
उक्त आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानियबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा ४ः१५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















