झापा ।  

प्रतिबन्धित लागू औषधसहित काँकरभिट्टाबाट एक जना पक्राउ परेका छन् । औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ काँकरभिट्टा पुरानो मेचीपुलबाट आज (शुक्रवार) एक जनालाई पक्राउ गरेको हो । 

भारतबाट सिटि रिक्सामा नेपालतर्फ आउँदैं गरेका मोरङको उर्लाबारी नगरपालिका–३ का ४० बर्षिय खेमराज सुवेदीलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । 

उनलाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारी मलद्धारको भागमा लुकाई ल्याउदैं गरेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन प्लाष्टिक बाहेक ३ ग्राम फेला परेको थियो ।

उक्त लागू औषध फेला परेसँगै उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।