झापा । 

झापा कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लक्ष्मीपुरस्थित  पूर्व बस स्टण्ड हाईवेमा बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको ना ४ च ४०८४ नं.को छोटा हात्ती गाडिले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएो थियो । 

गएराति ८ः५५ बजेको समयमा भएको दुर्घटनामा पैदलयात्री कनकाई–८ का ६५ बर्षिय गर्बसिंह राई घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बिर्तासिटी अस्पतालमा लगेर उपचार भईरहेकोमा उपचारकै क्रममा राति ९ः३० बजेको समयमा मृत्यु भएको थियो । 

 गाडी र गाडी चालक पर्सा बिरगञ्ज महानगरपालिका वडा नं.१६ का ३० बर्षिय  दिपक गुप्ता इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छन् । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।