झापा । 

पूर्वी नाँका काँकरभिट्टाबाट चार लाख २४ हजार वढीको सामान नियन्त्रण गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट भन्सार छलेर नेपालबाट भारत र भारतबाट नेपालतर्फ ल्याइदै गरेको सामाग्री नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपालबाट भारत लगिदै गरेको १२ काटुन लाईटर नियन्त्रण गरेको प्रहरीले जनाएको छ । उक्त सामाग्री आइतवार साँझ ६ बजेको समयमा नियन्त्रण गरिएको हो । 

यसैगरी भारतबाट नेपालतर्फ ल्याउदैं गरेको कुर्था सुरुवाल २० पिस, उनिको सुरुवाल १२ पिस, ट्र्याकसुट बच्चाको ३ जोर, लेडिज ब्याग २ पिस, चिनि २० केजि, नरिवल २ केजि, बिस्कुट ४ प्याकेट, पेडा १ बट्टा, ४ काटुन रंग, बिकाजि भुजिया १५ पिस, लेडिज पेन्ट २१ पिस, कुकर १ पिस, थाल ६ पिस,प् लेट १२ पिस, पान मसला ४० के.जि. प्रहरीले नियन्त्रण गरेको हो । 

उक्त सामाग्री जम्मा करिव ४ लाख २४ हजार ७३० सय रुपैयाँको भएको प्रहरीले जनाएको छ ।  नियन्त्रण गरिएका सो सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।