झापा ।

 बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व  मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । उनले नाबालिकालाई बलात्कार गरेको आरोप छ । 

पूर्व मेयर शिवाकोटीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको बुझिएको छ ।

  सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले बताएका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ ।