झापा ।  

झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ मेची पुलबाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरी बिट मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका पैदल यात्री नुवाकोटको बिदुर नगरपालिका–१०का २६ बर्षिय बिकास घिमिरे पक्राउ परेका हुन् । 

घिमिरेलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्ट भित्र राखी लुकाई ल्याउदैं गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक १४ ग्राम १३० मिलिग्राम र चरेस प्लास्टिक बाहेक १ ग्राम ५७० मिमिग्राम फेला परेका प्रहरीले जनाएको छ । 

उक्त लागु–औषधसहित नियन्त्रण गरिएका उनको जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।