बिर्तामोड । 

लघुबित तथा बित्तिय  शोेषण बिरुद्ध संघर्ष समिति झापाले बिर्तामोडमा बिरोध प्रदर्शन गरेको छ ।  संघर्ष समिति झापाको आयोजना तथा सोही समितिकी कोशी प्रदेश अध्यक्ष लुजा राईको नेतृत्वमा आज (बिहीवार) बिर्तामोडमा विभिन्न बिरोधका कार्यक्रम भएका हुन् । 

बिर्तामोड–५ स्थित सिटिसेन्टर अगाडिबाटसंघर्ष समिति विभिन्न बिरोधका नाराहरु सहित बिरोध ¥याली निकालेर बिर्तामोड बजार परिक परिक्रमा गरेको थियो । 

उनीहरुले संघर्ष समितिका केन्द्रिय अध्यक्ष तुलाराम ज्ञवालिलाई रिहा गर, अभियान्ता दुर्ग प्रसाईलाई रिहा गर, संघर्स समिती जिन्दा वाद, लघुबित्त संघर्ष समिति पिडितलाई न्याय दे,  लघुबित्त संस्थाबाट लगाईएका ऋण मिनाह गरलगायतका नाराबाजीसहित बिरोध र्याली गरेका थिए । 

र्यालीपछि परणत कोषसभालाई राष्ट्र राष्ट्रियता धर्मसंकृति र नागरिक बचाउ अभियान ÷ऋणि एसोसिएसनका सदस्य  बिक्रम ताजपुरिया लुजा राईलगायतले सम्बोधन गरेका थिए ।