झापा ।
झापासहित तराईका अधिकांश स्थानमा आज बिहान बाक्लो हुस्सु लागेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । यस्तै राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको बिभागले जनाएको छ । हुस्सु तथा कुहिरोबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा बिभागले आग्रह गरेको छ ।
















