झापा ।
झापाको काँकरभिट्टाबाट गैंडाको खागसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बस्दै आएका भारतको वेष्ट बंगाल उत्तर मेन्दाबारीका नारायण रामधामलाई बुधवार ३ः३० बजेको समयमा पक्राउ परेका हुन् ।
प्रतिबन्धित लागूऔषध ल्याई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कोठामा कानुन बमोजिम तलासी लिँदा इन्टेक्स लेखिएको काटुन भित्र गैंडाको खाग जस्तो बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
उक्त बस्तु सतह गोलाइ १८.६ ईन्च, उचाई ८.६ इन्च र तौल १ के.जि. ७०० ग्राम भएको गैडाको खाग जस्तो देखिने वस्तु एउटा फेला परेको छ । यसैगरी प्रतिबन्धित लागूऔषध खैरो हिरोइन प्लाष्टिक बाहेक २ ग्राम ८०० मिलिग्राम, PYEEVON SPAS PLUS लेखिएको ट्याबलेट १८ पत्ता, SF–४०० लेखिएको डिजिटल तराजु थान १, VIVO र LAVAकम्पनीको मोवाईल थान २ फेला परेको थियो ।
उक्त सामानहरुलाई बरामद गरी उनलाई समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















