झापा ।
झापामा कफ्र्यू समयावधि थप गरिएको छ । जेनजीको प्रदर्शनमा देशैभर ठूलो धनजनको क्षति भएपछि थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय झापासहित सवै स्थानमा कफ्र्यू जारी गरिएको छ ।
प्रदर्शनमा देशैभर ठूलो सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिसँगै धेरैले ज्यान गुमाएका छन् । प्रधानमन्त्रीसहित मन्त्रीहरुले राजिनामा दिएसँगै अहिले नेपाली सेनाले सुरक्षाका जिम्मा लिएको छ ।
झापा जिल्लाभर हिजो भाद्र २५ गते दिउँसो ३ बजेबाट आज अर्थात भाद्र २६ गते बिहान ६ बजे सम्मको लागि जारी कफ्र्यू आदेश जारी गरिएको थियो ।
अझैपनि नयाँ सरकार गठन नभइरहेको र सुरक्षा चुनौती बढ्दै गएपछि आज बिहान ८ बजेसम्म अत्यावशयक सामाग्री खरिदका लागि कफ्र्यू केही खुकुलो पारिएको छ । उक्त अवधिमा पनि अत्यावश्यक सामानका लागि जरुरी हुनेले मात्र घर बाहिर निस्कन आग्रह गरिएको छ ।
साथै आज बिहान ८ बजेबाट अर्को सूचना नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायको अनुमती लिएर बाहेक घरबाहिर निस्केर हिडडुल गर्न, भेला जम्मा हुन नपाउने गरि कफ्र्यू आदेश कडाईका साथ पुनः लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


















