झापा ।  

झापा बिर्तामोड नगरपालिका– १० फेसबुक चोककरेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (शुक्रवार) अन्दाजी १२ः१५ बजेको समयमा करेन्ट लागेर बिर्तामोड–१० का  ५५ बर्षीया तालामाई मर्डीको मृत्यु भएको हो । 

सोही स्थानका कुमार मगरको घरबाट मर्डीले आफ्नो घरमा बिजुली ल्याएर बाल्ने गरेकोमा बिजुली बिग्रिएको कारण तार हेर्दै जाने क्रममा करेन्ट लागेको थियो । 

खेतमा करेन्ट लागेर घोप्टो परी मृत अवस्थामा मर्डी फेला परेकी थिइन् । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय  अनारमनीबाट प्रहरी निरिक्षक सन्तोष राईको कमाण्डमा क्इऋइ सहितको टोली गएको थियो । 

लाश पोष्टमार्टमको लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।