बिर्तामोड । 

प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय भवन पुनः निर्माण तथा मर्मत सम्भारका लागि झापा बिर्तामोडको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दालेनका क्रममा क्षति ग्रस्त बनेको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि बीएण्डसी अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको पुनः निर्माणका अगुवा पदम श्रेष्ठले जानकारी दिए । 

अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले आज (बुधवार) इलाका प्रहरी कार्यालय अनारमनी डिएसपी बिजय श्रेष्ठ र प्रहरी कार्यालय भवन पुनः निर्माण तथा मर्मत सम्भारका अगुवा युवा व्यवसायी पदम श्रेष्ठलाई उक्त रमक हस्तान्तरण गरेका हुन् । प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारको अन्तिम चरणमा पुगेको बताइएको छ ।