लक्ष्मीपुर ।  

झापाको भानु माध्यमिक बिद्यालयका शिक्षक भीमप्रसाद उप्रेती शिक्षण यात्राबाट बिदा लिएका छन् । ३७ बर्ष ९ महिना शिक्षण पेशामा रहेर ज्ञानको ज्योती छर्दै आएको शिक्षक उप्रेती आज (मंगलबार) बाट सेवा निवृत्त भएका हुन् । 

३३ वर्ष ११ महिनाको स्थायी समर्पण गरेर सयौं विद्यार्थीका हृदयमा कहिल्यै नमेटिने ‘भिम सर’ नामको उज्यालो अक्षर बनेर रहिरहने भन्दै भूपू बिद्यार्थी हाल वैदेशिक रोजगारका क्रममा कतारमा रहेका बिमल भारतीले शिक्षक उप्रेतीप्रति सम्मान ब्यक्त गरेका छन् । 

उनले भनेका छन् ‘भानु माध्यमिक विद्यालयका हाम्रा प्रिय गुरु भीमप्रसाद उप्रेती सर, जुन हातले हामीलाई अक्षर चिन्न सिकाउनुभयो, जसको अनुशासन, ममता र मायाले हाम्रो जीवनको बाटो देखायो, उही गुरु  वि.सं. २०४४ पुस १९ देखि आज २०८२ कार्तिक १९ सम्मको शिक्षण यात्रालाई बिदा दिँदै सेवा निवृत्त जीवनतर्फ अघि बढ्दै हुनुहुन्छ । ३७ वर्ष ९ महिनाको अमूल्य शिक्षण सेवा, ३३ वर्ष ११ महिनाको स्थायी समर्पण, हामीजस्ता सयौं विद्यार्थीका हृदयमा कहिल्यै नमेटिने “भिम सर” नामको उज्यालो अक्षर बनेर रहिरहनेछ । उहाँको हँसिलो मुहार, ममतामय स्वर र प्रेरणादायी शिक्षण हामीभित्र सधैं जिउँदो रहिरहनेछ । प्रिय गुरु, तपाईँको आगामी जीवन स्वास्थ्य, शान्ति, सम्मान र सुखले भरिपूर्ण रहोस् । हामी तपाईंप्रति सदा कृतज्ञ छौं ।’