बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा बिर्तामोडमा बीपीपी युनिर्भसिटीको पार्टनरमिट कार्यक्रम सम्पन्न भएको छ । युकेको शैक्षिक अवस्था, नेपाली विद्यार्थीहरुले अध्ययनका लागि अप्नाउपर्ने मापदण्ड, कानुनी प्रक्रिया, शैक्षिक योग्यता लगायतका विषयमा बीपीपी युनिर्भसिटीका प्रतिनिधिहरुले प्रकाश पारेका थिए ।
कार्यक्रममा बीपीपी युनिर्भसिटीका सिनियर रिजलन एजेन्ट रिलेन्सनसिप म्यानेजर सादिया ओमार, क्लाइन्ट सर्भिस म्यानेजर नादिर रासिद खान, नेपालका कन्ट्रि म्यानेजर शिव केसी लगायतले युकेको शैक्षिक अवस्थाका बारेका जानकारी दिएका थिए ।
नेपाली विद्यार्थीका लागि युकेका विश्वविद्यालयले उपलब्ध गराएका सेवा, सुविधाका साथै अवसरका बारेका जानकारी दिदैं झापासहितका पूर्वका जिल्लाबाट जाने विद्यार्थीहरुले अप्नाउनुपर्ने शैक्षिक प्रक्रियाका बारेका इक्यान झापामा आवद्ध सदस्यहरुलाई जानकारी गराइएको थियो ।
शैक्षिक तालिमहरुले विभिन्न विश्वविद्यालयका बारेमा बुझने अवसर प्राप्त भएको इक्यान झापाका कार्यसमिति सदस्य एवम् तालिम विभागका प्रमुख नबीन बोहोराले जानकारी दिए । विश्वका विभिन्न विश्वविद्यालयहरुको बारेमा आफुहरुलाई जानकारी प्राप्त भएपछि विद्यार्थीहरुलाई पनि शैक्षिक परामर्श दिन सहज हुने अपेक्षाका साथ यस्ता कार्यक्रमहरु गरेको तालिम विभागका संयोजक बोहोराको भनाई छ ।
कार्यक्रममा इक्यान झापाका अध्यक्ष राजकुमार कार्की, निर्वमान अध्यक्ष रोशन सुवेदीसहित कार्यसमितिका पदाधिकारी, सदस्य तथा इक्यान झापामा आवद्ध कन्सल्टेन्सीका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


















