लक्ष्मीपुर ।
पिताको ४५ औं पुन्य तिथिको अवसरमा झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पानीकलको एक बिद्यालयका बिद्यार्थीहरुलाई अधिकारी परिवारले खाजा खुवाएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पानीकलका स्व. तोयानाथ अधिकारीको ४५ औं पुन्य तिथिका अवसर पारेर छोराबुहारीहरुले समाजसेवी आधारभूत बिद्यालयका बिद्यार्थीलाई दिउँसोको खाजा खुवाएका हुन् ।
स्व. तोयानाथ अधिकारीका जेष्ठ पुत्र टेकनाथ अधिकारी (महेन्द्र) बुहारी इन्दिरा अधिकारी र कान्छा छोरा कैलाश अधिकारी र कुसुम अधिकारीले आज (आइतवार) बिद्यालयमै पुगेर बिद्यार्थीलाई खाजामा खिर, शब्जी र सर्वतलगातका खाजाका परिकार खुवाएका हुन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–५ की कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङले स्व. तोयानाका छोराबुहारीहरुले समाजमा प्रशंसनीय कार्य गरेको बताउँदै सवैले यस प्रकारको कार्य गर्नु पर्ने बताइन् ।
कार्यक्रममा स्व. तोयानाथका भाई चेतनाथ अधिकारी, शिवप्रसाद अधिकारी, बहिनी शोभा अधिकारी सापकोटा, समकालिन कुलप्रसाद पौडेल, समाजसेवी इन्द्रमणि पौडेल, बिद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराई, बिद्यालयका शिक्षक, कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त बिद्यालयमा अति विपन्न परिवारका बिद्यार्थीहरु अध्ययनरत रहँदै आएका छन् भने सवै बिद्यार्थीलाई अधिकारी परिवारले खाजा खुवाएका थिए ।


















