- दीपक उप्रेती
हल्दीवारी ।
झापाको हल्दीबारी–२ मा अवस्थित नव सृजना आधारभूत विद्यालयमा आज (आइतवार) स्व. डम्बरबहादुर माङयुङको स्मृतिमा उनका सन्ततिहरु एक लाख आठ हजार रुपैयाँको ‘डम्बरबहादुर माङयुङ स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्य माङयुङ, विद्यालयका चन्दादाता तथा अक्षयकोषका संरक्षक धनराज माङयुङ, टेकेन्द्र माङयुङ, सन्तोष माङयुङ, रमेश माङयुङ, अर्जुन माङयुङसहित माङयुङ परिवार छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
अक्षयकोष हस्तान्तरण कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक भीमप्रसाद उप्रेती, शिक्षा सेवी तथा विद्यालयका सल्लाहकार भीमबहादुर श्रेष्ठ, हल्दीबारी– २ नम्बर वडाका जनप्रतिनिधि विष्णुबहादुर राईले शुभभावहरु व्यक्त गरेका थिए।
अक्षयकोषका प्रमुख संरक्षक धनराज माङयुङ तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य माङयुङले अक्षयकोष स्थापनाका बारेमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रम स्व. डम्बरबहादुर माङयुङकी धर्मपत्नी जसमाया माङयुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालय व्यस्थापन समितिका अध्यक्ष सूर्य माङयुङको अध्यक्षता रहेको थियो ।


















