बिर्तामोड । 

झापाको बिर्तामोड–५  को न्युटन्स एजुकेसन एकेडेमीले विद्यार्थीलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम शुरु गरेको छ । स्कुलले आज (मंगलबार) बिर्तामोड विद्यार्थीहरूको लागि व्यक्तित्व विकास र नेतृत्व विकास सम्बन्धी तालिम सुरु गरेको हो । आजबाट शुरु गरिएको तालिम मंसीर ५ गतेसम्म चल्नेछ । 

सकारात्मक सोच र आत्मविश्वास निर्माण, तनाव व्यवस्थापन, अध्ययनमा ध्यान केन्द्रित गर्ने तरिका, समस्या समाधान प्राप्त गर्नेलगायतका बिषयमा  कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर  तालिम शुरु गरिएको  विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

तालिममा आज कक्षा ८ देखि १० सम्मका ५०० बढी विद्यार्थीहरू सहभागी थिए । सहभागीहरूलाई शैक्षिक प्रशिक्षक प्रखर वक्ता तथा परामर्शदाता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गरिरहेका छन्।

बुधबार  कक्षा ५ देखि ८ सम्मका र बिहिबार  कक्षा ४ का न्युटन्सका  विद्यार्थी र एभरेस्ट स्मार्टका कक्षा ४ देखि १० सम्मका र मंसीर ५ गते कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नेतृत्व र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको प्रिन्सिपल हुमागाईंले बताए । पढाइको अलावा विद्यार्थीहरूको क्षमता तथा मानसिकतमा अभिवृद्धि गर्दै पढाइमा निखरता ल्याउनका लागि तालिमको आयोजना गरिएको उनले जानकारी दिए । 

अनारमनी पब्लिक क्याम्पसका मोहन शिवाकोटीको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धर्मा पराजुली पर्साईले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी , नेल्टा कोशी प्रदेश उपाध्यक्ष धर्मेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए