बिर्तामोड ।  

झापाको बिर्तामोड–५ मा सञ्चालन रहेको कन्काई हस्पिटल प्रालिले अध्याधुनिक तथा गुणस्तरीय सेवासहित अर्को नयाँ भवनबाट सेवा दिने भएको छ । कन्काई हस्पिटलमा हाल सञ्चालन रहेको भवनबाट पूर्व बिर्तामोडस्थित सिटी सेन्टर अपोजिट रहेको पुरानो ढुङ्गे घरबाट सेवा दिने तयारी गरेको हो । 

बिर्तामोडको लोकप्रिय हस्पिटल मध्ये एक हस्पिटल कन्काईले मंसीर महिनाभित्र अत्याधुनिक सेवासहितको सेवा नयाँ भवनबाट दिने कन्काई हस्पिटलका अध्यक्ष युवराज डाँगीले जानकारी दिए । बिरामीका लागि आधुनिक तथा गुणस्तरीय सेवा दिदै आएको हस्पिटल बिरामीको रोजाईको हस्पिटल हो । नयाँ भवनबाट लिफ्टसहितको सेवा दिने अध्यक्ष डाँगीको भनाई छ । 

इमरजेन्सी सेवा अन्तरगत मेरुदण्ड, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजात तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छाला रोग लगायतका अन्य विभिन्न उपचार सेवाहरुका दिइरहेको छ । 

विशेषज्ञ सेवा, हाम्रो प्रतिबद्धता, सबैको पहुँचमा हाम्रो स्वास्थ्य सेवा भन्ने मुला नाराका साथ स्थापना भएको हस्पिटलमा स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, जनरल ल्याप्रोस्कोपिक सर्जन, गाइनेकोलोजी, रुमेटोलोजी, हेपाटोलोजीसर्जन, पेडियाट्रिक, कार्डियोलोजी, रेडियोलोजी, एनेस्थेटिक, फिजियोसिटी स्क्यानलगायतका सेवाहरु हस्पिटलमा उपलब्ध रहेका छन् । 

उक्त सेवाहरुलाई अझ अत्याधुनिक साथै गुणस्तरीका साथ सेवा दिने हस्पिटलको तयारी रहेको छ ।