अर्जुनधारा । 

झापा अर्जुनधारा–११ को जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयले सामाजिक परिक्षण प्रतिवेदन  सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । शैक्षिकसत्र २०८१ मा बिद्यालयले विभिन्न शिर्षकमा प्राप्त गरेको आय तथा ब्यय अभिभावक एवम् सरोकारवालाहरु माझ प्रतिवेदन सार्वजनिक गरेको हो । 

यस आर्थिक बर्षमा आय ४८ लाख ७५ हजार ७९९ रुपैयाँ ९७ पैसा र खर्च ४८ लाख ४ हजार ८७५ रुपैयाँ ७० भएको र जसमा बैंक मौज्दात ७० हजार ८२४ रुपैयाँ २७ पैसा रहेको छ भने यसमा दरबन्दी बाहेकका निजि दुई शिक्षक र एक कर्मचारीलाई तलब खुवाउन मातृ सस्था बन्दी सहायता नेपालले ४ लाख ८७ हजार ५ सय रुपैयाँ अनुदान सहयोग प्रत्येक बर्ष गर्दै आएको अभिभावक तथा सरोकारवालाहरु माझ प्रधानाध्यापक रन्जित परियारले प्रस्तुत गरेको प्रतिवेदनमा छ । 

प्रतिवेदनमा बिद्यालयको शैक्षिक उपलब्धि मद्य्यम रहेको र यस्लाइ अझ उपलब्धि वृद्धि गर्नु पर्ने, अभिभावक, शिक्षक, विद्यार्थी र बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघको समन्वय रहे गुणस्तर वृद्धि गर्न सहज हुने बिशिस्ट अतिथि शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख हरिबहादुर कवर योगि, सामाजिक बिकास समिति संयोजक तथा बोड सदस्य कौशिकलाल परियार (भोला), जनप्रतिनिधि पुर्ण बहादुर राइ, शिक्षासेवी हस्त परियार,शिक्षक अभिभावक संघ अध्यक्ष दुर्योधन राइ महारानिगन्ज माबि प्रधानाध्यापक मनबहादुर लिम्बुलगायतले शुभकामना एवम् सुझाव व्यक्त गरेका थिए । साथै विद्यार्थीले प्राप्त गरेको छात्रवृत्ति रकममा विद्यालयले थप गरि जाडोमा लाउने ट्रक टाउजर बितरण गरिएको थियो । 

त्यसैगरि कार्यक्रममा २०६२ मा जुनकीरी लाइब्रेरी स्थापना गरिएको र स्थानीय बालबालिकाहरु महेन्द्र राजमार्ग काटेर जादा दुरघटना हुने समस्या र अन्य बिद्यालय निकै दुरिमा रहेकोले प्राथमिक बिद्यालय आवश्यक रहेको सगै बन्दीहरुसग आस्रित बालबालिकाहरुलाई आवाससहित शिक्षा,  स्वास्थ्य र सीप प्रदान गर्न बालगृह सञ्चालन रहेकोले स्थानीय समुदाय र बालगृहका बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्न जुनकीरी स्थापना गरिएको हो । 

यो बिद्यालय समुदायको सम्पत्ति रहेको र यसलाई अभिभावक, शिक्षक र स्थानीय सरकार र सम्पूर्ण सरोकारवालाहरुले अनुगमन, निरीक्षण र सल्लाह सहयोग गर्न भन्दै प्रमुख अतिथि  बिद्यालय सस्थापक एवम् प्रतिनिधि सभा संघीय उपसभामुख माननीय इन्दिरा राना मगरले शुभकामना व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगरले आगामी दिन आमा समूह गठन गरि उनीहरुको वृत्ति बिकासका लागि केही जोडकोष स्थापना गर्ने र गंगा जोशी एवम् राम जोशीबा स्थापना गरिएको नन्दप्रसाद धनमाया शिवाकोटी अक्षयकोषबाट आउँदो बार्षिक उत्सवमा उत्कृष्ट शिक्षक, कर्मचारी र जेहेन्दार विद्यार्थीलाई सम्मान गरिने जानकारी गराउँदै उपस्थित सम्पूर्ण अभिभावक तथा अतिथिहरुमा धन्यवाद व्यक्त गरेका थिए । 

सामाजिक परिक्षण समितिमा संयोजक पूर्व श्रोत व्यक्त एवम् महारानीगञ्ज माबिका शिक्षक सुर्यप्रसाद सापकोटा सदस्यहरुमा शिक्षक चन्द्रकला ढकाल र अनुजा क्षेत्री रहेका थिए । कार्यक्रममा स्वागत शिक्षक गीतादेबी खरेलले गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।