झापा ।
झापा मेचीनगर नगरपालिका–१५ हेल्दुबारीस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
शनिवार साँझ ६ बजेको समयमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले रोडको साईडमा रोकि राखेको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ३८ बर्षीय बिनोद राउत र सोहि मोटरसाइकल पछाडि सवार सोही स्थानका अन्दाजी २१ बर्षीय निश्चल भुजेल घाइते भएका थिए ।
दुबै जनाको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएको उनीहरुलाई प्रादेशिक अस्पताल भद्रपुर झापामा सामन्य उपचारपछि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरीएको थियो ।
गएराति ७ः४५ बजेको समयमा बीएण्डसी अस्पताल बिर्तामोडमा घाइते बिनोद राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















