बुट्टाबारी ।
पुजा कलेक्सन बिर्तामोडका सञ्चालक युवा ब्यवसायी नविन गोयलले आफ्नो जन्मोत्सव बालबालिकाहरुसग मनाएका छन्। बिर्तामोड निवासी नवीन गोयलले आफ्नो ४७ औ जन्मोत्सव अर्जुनधारा–११ स्थित बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा, गङ्गा आमा र जगल ब्वाइज होमका र जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयका सयौं बालबालिकाहरुलाइ न्यानो सुइटर तथा खाजालगायत प्रदान गरि आफ्नो जन्मोत्सव मनाएका छन् ।
महेश्वरी महिला मञ्च मेचीकि अध्यक्ष रिता चित्त्लाङ्गियाको अध्यक्षता सञ्चालित कार्यक्रममा बिद्यालय सस्थापक जगतबहादुर मगरको प्रमुख आतिथ्य रहेको थियो ।
गोयलकी जीवन सङ्गिनी पुजा गोयल, मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया, महेश चित्तलाङ्गिया, अध्यक्ष जगतबहादुर मगर लगायतले दीर्घ जिवनको र सराहनीय कार्यको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत शिक्षक गितादेबि खरेलले गरेकी थिइन् भने कार्यक्रमको शहरीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।


















