सुरुङ्गा । 

मुद्रक उद्योग संघ झापाले आठौं बार्षिक साधारणसभा पर्यटकीय क्षेत्र कनकाई नगरपालिकास्थित जामुनवाडीमा गरेको छ । संघले आज ९शनिवार० बनभोजसहितको साधारणसभा सम्पन्न गरेको हो । 

संघका झापा अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष युवराज डाँगीको प्रमुख आतिथ्य रहेको थियो । 

साधारणसभाका अवसरमा संघकी प्रथम अक्षयकोषदाता टिका भट्टराई नेपाललाई सम्मान गरिएको थियो । उनले अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ दिएकी थिइन् । उनलाई प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष डाँगी र संघका झापा अध्यक्ष भट्टराईले संयुक्त रुपमा सम्मान गरेका थिए । सम्मानकै क्रममा महिलाद्धारा सञ्चालित दमकको मनकामना स्टेशनरी एण्ड छापाखानाकी सञ्चालक तारा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । 

यसैगरी अक्षयकोषमा रकम सहयोग गर्ने संघका केन्द्रिय सदस्य गोबिन्द निरौला, झापा अध्यक्ष रोहितकुमार भट्टराई, उपाध्यक्ष कृष्ण राई ९याम०, सचिव भानुभक्त खनाल, सह–सचिव टंक निरौला, कोषाध्यक्ष रमेशकुमार बस्नेत, सदस्य मिनबहादुर कार्की, राजकुमार शाह, पुन्यप्रसाद खतिवडा, विष्णु सुब्बा, विष्णु बराल, नारायण मण्डल ९दिपेश०, राजु पोखरेल, बिनोद दाहाल ९विश्वनाथ०, भीष्म राजवंशी, राजकुमार शाहलगायतलाई पनि सम्मान गरिएको थियो । 

स्वागत संघका झापा उपाध्यक्ष कृष्ण राई ९याम० ले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि युवराज डाँगी, महासंघ कोशी प्रदेश अध्यक्ष लवकुमार घिमिरे, विधान मस्यौदा समिति सदस्य तथा सल्लाहकार कृष्ण अधिकारी, महासंघ कोशी प्रदेश सदस्य नरेश तुम्रोक, मोरङ अध्यक्ष सुवास कार्की, सम्मानीत ब्यक्तित्वको तर्फबाट टिका भट्टराई नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका झापा सचिव भानुभक्त खनालले गरेका थिए । बनभोजसहितको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।