चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २९ औं वार्षिक साधारणसभाको अन्तिम माईन्युट प्रमाणित भेला आगामी पौस २१ गते सोमबार सम्पन्न गर्ने भएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल साकोसले आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभाका मुख्य एजेन्डा सम्बन्धी जानकारी दिएको हो ।
प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इनरुवाको निर्देशन बमोजिम ७ वटा एकाई अन्तरगत ८६ स्थानमा उप—एकाई भेला पौस १ गते अर्थात आजदेखि १२ गते सम्म सम्पन्न गर्दै प्रतिनिधिमुलक ढंगबाट सदस्यहरुलाई अन्तिम माइनट प्रमाणिकरण सभामा सहभागिता गराउने संस्थाले जनाएको छ ।
संस्थाको संचालक समिति र लेखा सुपरिबेक्षण समितिको आगामी ४ बर्षे कार्यकालको लागि यसै साधारण सभाले आगामी २०८३ जेष्ठ १४ गतेदेखि निर्वाचन प्रकृयाको शुरुवात गर्ने निर्णय गरेको अध्यक्ष हरिबहादुर राजवंशीछारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले आफनो बित्तिय अवस्थालाई अझ मझबुत बनाउने सोच अनुरुप २०८२–२०८५ सम्म २५ अरबको वासलात बनाउने लक्ष्य तय गरेको छ भने २०८२ आषाढ मसान्त सम्ममा १ लाख ९२ हजार २४० शेयर सदस्यहरु रहेका छन् । संस्थाले ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।
संस्थाको वित्तिय अवस्था अत्यन्त मजवुद रहेको र जसमा शेयर पुँजी १ अर्व ६९ करोड ७५ लाख, जगेडा कोष १ अरब ३२ कडोर ६८ लाख, बचत १४ अर्व १५ करोड ७६ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व ४७ करोड २७ लाख र ०८२ आषाढ मसान्तसम्मको संस्थाको वासलात १८ अर्व ५६ करोड ५८ लाख पुगेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
अहिलेको राजनितिक अस्थिरता, सामाजिक मनोबलमा गिरावट र सहकारी प्रतिको धारणा नकरात्मक भईरहेको अवस्थामा पनि यस वर्ष ३२ करोड ५ लाख संचालन मुनाफा गर्न संस्था सफल भएको कार्यकारी प्रमुख गिरीले बताएका छन् ।
संस्थाले जोखिम न्यूनिकरण गर्ने उदेश्यका साथ प्रति व्यक्ति बचत ३ लाख रुपैयाँ भन्दा कम करिब ९८ प्रतिशत र २५ लाख रुपैयाँ सम्मको ऋण पनि करिब ९५ प्रतिशत रहेको छ ।
संस्थाले यस आ.व.०८२÷०८३ को लागि ३१ वटा महत्वपूण कार्यक्रमहरु प्रस्तावित गरेको छ । सदस्यहरुलाई उद्यमशिलता बिकास गरि रोजगारी श्रृजना गराउन एग्री बिजनेस यूनिट स्थापना गरि सेवा प्रदान गरिरहेको र यस बर्षदेखि वातवरणमैत्री तथा शुन्य कार्वन उत्सर्जनन लागि महत्वपूर्ण कार्यहरु गर्ने जनाइएको छ ।
शेयर सदस्यहरुको घरमा मरिमराउमा समबेदना लैजादा अबदेखि फोटोफ्रेमको सट्टा पहाडे कागजमा समवेदना बनाई लगिने साथै मृतकको नाममा एउटा बिरुवा उपलब्ध गराईने वा सामुहिक बृक्षारोपण गरिने संस्थाले जनाएको छ ।
संस्थाको लोकप्रिय स्वास्थ्य कार्यक्रमलाई बिपन्न बर्गसम्म पुर्याउन बिशेष स्वास्थ्य कार्यक्रम लागू गरिने, यूवा सदस्यहरुलाई आवद्धता गराउँदै यूवा उद्यमसँग जोडदै START UP कोष मार्फत सहुलियत कर्जा उपलब्ध गराईने साथै युवा सदस्यहरुलाई लोकसेवा परिक्षा तयारी कक्षा समेत सञ्चालन गरिने संस्थाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
संस्थाले सदस्यहरुलाई क्रमशः प्रविधि मैत्री बनाउदै लैजाने सोच राखेको छ । जस अन्तरगत सहारा स्मार्ट एप्स, क्यूआर, एटिम, एस.एम.एस, उपलब्ध गराउदै आइरहेकोमा यस बर्षदेखि कृति बुद्धिमता (AI) प्रबिधिको समेत प्रयोग गरि सेवा प्रदान गर्ने सोच राखेको छ ।
संस्थाले यो बर्ष भौतिक पूर्वाधार अन्तरगत बिर्तामोड–२ चारपानेमा रहेको जग्गाामा शैक्षिक तालिम केन्द्र र शिव–शताक्षी दोमुखामा रहेको जग्गामा कृषि स्रोतकेन्द्र निर्माण थालनी गरिने लक्ष्य राखेको छ ।
संस्थाले ०८२–०८३ आषाढ मसान्त भित्रमा २ लाख २५ हजार सदस्य र २० अर्बको वासलात बनाउदै ४२ करोड नाफा गर्ने प्रक्षेपण गरिएको अध्यक्ष राजवंशीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


















