पथरी ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २९ औं बार्षिक साधारणसभा अन्तरगत पथरी सेवा केन्द्रले एकाईगत साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाको पथरी सेवा केन्द्रले बिहीवार एकाईगत साधारण सभा सम्पन्न गरेको हो । एकाईगत साधारणसभाका अवसरमा गत आर्थिक बर्षमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो । उत्कृष्ट ऋणिका रुपमा दिपक श्रेष्ठ, उत्कृष्ट बचतकर्ताको रुपमा श्याम कुमारी ओलीलाई सम्मान गरिएको थियो ।
सेवा केन्द्र उपसमिति संयोजक अशोककुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मुल कार्यालय प्रतिनिधि अर्थात वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले अध्यक्षको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्ताव नीति तथा कार्यक्रम बरिष्ठ प्रबन्धक रामनारायण प्रधान, लेखा सुपरिवेक्षण समिति प्रतिबेदन अनुगमन अधिकृत महेश तामाङ, ऋण उप समितिको प्रतिबेदन सेवा केन्द्र उप समिति सदस्य नारायणप्रसाद खतिवडा प्रस्तुत गरेका थिए । । स्वागत कार्यालय प्रमुख कल्पना ढुंगानाले गरेको कार्यक्रमको सञ्चालन कर्मचारी उत्तमबहादुर थापा मगर गरेका थिए ।
समग्रमा यस बर्ष १० करोड ५५ लाख शेयर लाभांस र ४ करोड ७२ लाख संरक्षित पुँजी कोष शेयर सदस्यलाई बितरण गरिने जनाइएको छ ।
कार्यक्रममा बिगतमा महमद युनुस सहारा पुरस्कार प्राप्त गर्न सफल शेयर सदस्य बिमला भण्डारी, पथरी सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य लक्ष्मी अधिकारी, कर्मचारीहरु संदिप मण्डल, अनुसा खतिवडा, प्रतिक पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शेयर सदस्यहरुलेसामुहिक नृत्य प्रस्तुत गरेका थिए । १८ बुँदे प्रस्ताब पारित गर्दै एकाई साधारण सभा सम्पन्न भएको थियो ।


















