मोरङ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार ऋण मिनाहा गरेको छ । 

साकोसको २९ औं बार्षिक साधारणसभा अन्तरगत भौडाहा सेवा केन्द्रको एकाई साधारण सभाका अवसरमा शेयर सदस्यको श्रीमानको मृत्युपछि सो रकम मिनाहा गरिएको हो ।  

संस्थाको भौडाह सेवा केन्द्रले मोरङको रतुवामाई नगरपालिका–९ मा बिहीवार एकाईगत साधारण सभाका अवसरमा लघुबित समूह अन्तर बोडरलाईन  सहारा महिला समुह नम्बर ११ की ऋणि सदस्य शान्ताकुमारी लिम्बुको श्रीमानको मृत्युपछि पाँच लाख पचास हजार कर्जा मिनाहा गरेको हो ।  

लघुबित्त अन्तरगतको समुह पदाधिकारी नेत्रकुमारी राईको अध्यक्षतामा भएको एकाईगत साधारणसभामा रतुवामाई नगरपालिकाका सहकारी विभाग प्रमुख महेन्द्र ठाकुरको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका सञ्चालक समिति सदस्य शंकर सुबेदीले प्रस्तुत गरेका थिए भने आगामी  २०८२/०८३  बार्षिक कार्य नीति तथा बजेट भौडाहा सेवा केन्द्र प्रमुख पदमप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । 

 स्वागत सहारा नेपाल साकोस सेवा केन्द्र भौडाहाकी कर्मचारी नानीमाया बिष्टले गरेको कार्यक्रमको सञ्चालन सहारा नेपाल साकोस सेवा केन्द्र गौरादह प्रमुख सरोज ढुङ्गेलले  गरेका थिए । सोही कार्यक्रमका बिच उत्कृष्ट बचतकर्ता भिमादेवी निरौला र उत्कृष्ट ऋणिमा पुर्णप्रसाद बेगालाई सम्मान  गरिएको सेवा केन्द्र प्रमुख सापकोटाले जानकारी दिए ।