- रन्जित परियार
बुट्टाबारी ।
महेन्द्र रत्न माद्यामिक बिद्यालय बिर्तामोडमा उप–सभामुख तथा युवाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुको नेतृत्व बिकास तथा युवाहरुको भबिश्य प्रति युवाहरुलाइ जागृत गराउने उदेश्यले अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा युवाहरु देशको सम्पत्ति हुन,राम्रो शिक्षा र प्राबिधिक सीप र असल नेतृत्व बिकास गराइ अभिभावकहरु प्रति जिम्मेवारी बहन गर्न सक्ने शिक्षा ग्रहण गर्न जनशक्ति निर्माण गर्न प्रेरणादायी सामाजिक ब्याक्तित्व सघिय उप–सभामुख इन्दिरा राना मगरले बताइन् । आफू सामान्य परिवारजनमा जन्मेको र समयमै बिद्यालय जान नसके पनि ढिलै भए पनि कक्षा ५ बाट अद्ययन शुरु गरेको नियमित अध्ययन र पारिजातको प्रेरणाले कैदी बन्दी र उनिहरुको बालबालिकाहरुलाइ आवास, स्वास्थ्य, शिक्षा प्रदान गर्दै आएको हजारौं बालबालिका शिक्षाबाट बन्चित हुनबाट आफुले शिक्षा क्षेत्रमा काम गरेकोमा आफू खुसी भएको बताइन् ।
उनले शिक्षित युवा नै देशको सम्पत्ति हुन उनिहरुलाइ सहि सदुपयोग गरे देश बिकास हुन कठिन नहुने बताइनु । आफुले हुर्काएका सयौं बालबालिका उच्च ओहोदा रहि देश सेवा गरिरहेको बताउदै सहि मार्ग र असल अभिभावक भए युवा नबिग्रने प्रमुख अतिथि माननीय इन्दिरा राना मगरले बताइन् । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरु निर्जल आचार्य र दिपेस निरौलाले उपसभामुखसँग युवा बारे आफ्नो दृष्टिकोण बारे आफ्नो धारण राखेका थिए ।
कानुन विद्यार्थी चेतन गौतमको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत महेन्द्र रत्न माबिका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले गरेका थिए । कार्यक्रममा अतिथि शिक्षक प्रतिनिधि युवराज कटेल,विद्यार्थी दिक्षित पौडेल, स्वति गौतमलगायतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण शिक्षक गीता भट्टराईले गरेकी थिइनु ।


















