बेलवारी । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २९ औं बार्षिक साधारणसभा अन्तरगत वेलबारी सेवा केन्द्रले एकाईगत साधारणसभा सम्पन्न गरेको छ । संस्थाको बेलबारी सेवा केन्द्रले बिहीवार एकाईगत साधारण सभा सम्पन्न गरेको हो । 

सेवा केन्द्र उपसमिति सदस्य  रिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती समूह नम्बर १९१ सदस्य समाजसेवी सीता सुबेदी रहेकी थिइन् । स्वागत कार्यालय प्रमुख सरीता गिरीले गरेको कार्यक्रमको सञ्चालन कर्मचारी राजकुमार सरदारले गरेका थिए । 

कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन  र प्रस्ताव नीति तथा कार्यक्रम कोषाध्यक्ष डम्बर बहादुर देउजा, ऋण उप समिति प्रतिबेदन तथा लेखापरीक्षण  प्रतिबेदन उप निर्देशक  इश्वरप्रसाद भट्टराई र लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन कार्यालय प्रमुख सरीता गिरीले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सबैभन्दा बढी  ऋणको ब्याज तिरेर संरक्षित पुँजीकोष बढी बोनस फिर्ता पाउने सदस्य  सीता देवी निरोउला, सबै  भन्दा बढी बचत गरि बढी  ब्याज प्राप्त गरि संरक्षित पुँजी कोषबाट बढी बोनस पाउने दिपेन्द्र गिरी सम्मन तथा पुरस्कृत गरिएको थियो । 

 सेवा केन्द्रको माइन्यूट प्रमाणितका लागि १७ र ३ जना अन्तिम माइन्यूट प्रमाणितको लागि नाम छनोट गरिएको बताइएको छ । कार्यक्रममा स्वागत गीतसहित बिभिन्न साँस्कृति कार्यक्रमसमेत गरिएको थियो ।