बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी कलेजले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले (आज) बिर्तामोड–१ हेवान वाटर पार्क छेउमा रहेको चिरायु पार्टी प्यालेसमा एक समारोहको आयोजना गरेर नव आगन्तुक बिबिए, बिसिए आइटी, बि–टेक आइटी र एमबीए प्रथम सेमिस्टारका बिद्यार्थीहरुलाई स्वागत गरेको हो । 

कलेजकी संस्थापिका बुध खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी, साहित्यकार, समाजसेवी तथा दानवीर प्राज्ञा लोकनाथ पौड्यालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत कलेजकी सहायक प्राचार्य सरु भुर्तेल खनालले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश कलेजका प्राचार्य डा. रुपकप्रसाद खनालले पारेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि पौड्याल, दृष्ट्रिहीनका अभिभावक खिलप्रसाद शिवाकोटी, लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष यशोदा उप्रेती, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सोही कार्यक्रमकाबिच गोबिन्द–इन्द्र भूर्तेल पुरस्कारबाट बिद्यार्थी भावना राजवंशी र शिक्षा सेवा पुरस्कारबाट कलेजका कर्मचारी मित्रलाल प्रसाईलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँसहित पुरस्कृत गरिएको कलेजका प्राचार्य डा. खनालले बताए । कार्यक्रमको सञ्चालन बीबीए को–अडिनेटर शेखर पाण्डेले गरेका थिए । 

कलेजले आगामी शैक्षिक सत्रबाट बिए एलएलबी र बिएससी–सीएसआइटी कोष पनि सञ्चालन गरिने प्राचार्य डा. खनालले जानकारी दिए । स्वागत कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।