झापा ।
वैदेशिक रोजगारीका लागि युके पठाउने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युके लैजाने भन्दै तीन जनालाई लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर मध्यपुर थिमि नगरपालिका–२ बाट पक्राउ परेका महर्जनलाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


















