बुट्टाबारी ।
जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय झापा अर्जुनधारा–११ ले अवलोकन भ्रमण सम्पन्न गरेको छ । स्थानीय बिषय एवम् पाठयक्रम अन्तर्गत हाम्रो अर्जुनधारा पुस्तक समाबेश रहेको स्थानीय सरकार वडा कार्यालय, नगरपालिका, हस्पिटल सामुदायिक बन, खोला, संघ सस्था, मठमन्दिर, पर्यटन क्षेत्र, नमुना बिद्यालय सामाजिक ब्याक्तित्व सम्बन्धि एक दिने अर्जुनधारा भरिका विभिन्न स्थान अवलोकन गराइएको थियो ।
अवलोकनको क्रममा नगरपालिकाका विभिन्न शाखा र कार्यहरू विद्यार्थीलाई सहजीकरण गरिएको थियो भने शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख हरिबहादुर कुवरले पुस्तकमा भएका बिषय र प्रत्येक्ष अवलोकन गरि सो अद्य्ययन र प्रतिवेदन बिद्यालमा प्रस्तुत गर्न आग्रह गरेका थिए ।
साथै उनले अवलोकन भ्रमण सफलताको कामना गरेका थिए । यसैगरी अर्जुनधाराको पहिलो बिद्यालय नमुनाको रुपमा स्थापित शनिश्चरे माबि अवलोकन गरिएको थियो । अवलोकनका क्रममा प्रधानाध्यापक बिनोद गौतमले बिद्यालयको तर्फबाट सम्पूर्ण विद्यार्थीहरुलाइ खाजाको ब्यवस्थापन गरिदिएका थिए । यसै क्रममा हाम्रो नगरमा रहेको पूर्वका पशुपतिनाथ अर्जुनधारा मन्दिर, बिरिङ्ग खोला, बन्दी सहायता नेपाल खुदुनाबारी बालगृह, जुकेखाडी सामुदायिक बन उपभोक्ता समितिसग अन्तरक्रिया गरिएको थियो भने इलाम महमाइ नगरपालिका १ सुखानी सहिद स्मारक पार्कमा विद्यार्थीहरुलाइ त्यहाको इतिहास सहजीकरण गर्दै अन्त्यमा विद्यार्थीहरु पिकनिकको आयोजना गरि अवलोकन भ्रमण सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवम् सस्थापक जगतबहादुर मगरले बिदाइ तथा अवलोकन भ्रमणको सफलताको कामना गरेका थिए । कार्यक्रममा शिक्षक अनुजा क्षेत्री, गिता देबि खरेल,निर्मला लुइँटेल, सुरेखा योङ्गयाङ्ग, अम्बिका गुरुङ्ग, मुना मुखिया, औतारा थापाले विद्यार्थी सम्योजन गरेका थिए भने कार्यक्रमको ब्यवस्थापन प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।


















