झापा ।  

झापा दमक नगरपालिका–२ स्थित जग काली मन्दिरको पछाडी पट्टी पोथी चित्तल भास्सिएको अवस्थामा फेला परेको छ । आज (आइतवार) दिनको १ बजेको समयमा सोही स्थानका 

धुव्र गुरागाँईको प्लटिङ खाली जग्गाको हिलोमा जंगली जनावर पोथी चित्तल भास्सिएको अवस्थामा स्थानियबासीले फेला पारेका थिए । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र दमक सव डिविजन वन कार्यालय दमकको कर्मचारीसहितको टोली गएर उक्त पोथी जातको चित्तललाई उद्वार गरिएको थियो । 

उद्दार गरी चित्तललाई जामुनबाडी सामुदायिक वन कार्यालय झापाको संरक्षण केन्द्रका दमकका वन रक्षक विरेन्द्र पौडेलको जिम्मा लगाई सुरक्षित साथ पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।