झापा ।
परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारी वा अन्य कारणले इरानमा रहेका नेपालीलाई सुरक्षा अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ ।हाल इरानमा आर्थिक कठिनाइलगायतका विषयमा विरोध चर्किएको छ । हिंसात्मक प्रदर्शन हुँदा ५ सयको मृत्यु र १० हजारभन्दा बढी पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
परराष्ट्र मन्त्रालयले इरानका सरकारी निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गरी सकेसम्म घरभित्रै बस्नेलगायतका सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणमा नजान र कुनै आपतकालीन अवस्था आएमा कतारको राजधानी दोहास्थित नेपाली दूतावास वा परराष्ट्र मन्त्रालय, काठमाडौंमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
गत असारमा इजरायल र इरानबीच तनाव बढ्दा त्यहाँ करिब एक दर्जन नेपाली रहेको सार्वजनिक भएको थियो । उनीहरूमध्ये केही नेपाल फर्किएका छन् ।


















