झापा । 

झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तिमा भएको सवारी दुर्घटनामा आमा छोराको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।  पूर्व–पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बर को पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक आपसमा ठििक्कएका थिए । आज बिहान ९ः३० बजेको समयमा दुर्घटना भएको थियो । 

दुर्घटनामा भद्रपुरका आफुद राजवंशीका श्रीमती र छोराको मृत्यु भएको छ ।  १.५ बर्षीय आरुति राजवंशीको अस्पताल ल्याई पुर्याउना साथ डक्टरले चेकजाँच गर्दा १०ः१५ बजेको समयमा मृत्यु घोषणा गरेको थिए । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बालकको मृत्यु भएको थियो । यसैगरी उपचारकै क्रममा बिर्तासिटी अस्पतालमा आमा  ४० बर्षीया सुस्मा राजवंशीको पनि ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पिकअप गाडीमा सवार मानिसहरु घाईते भई उपचारको लागि अस्पतालहरुमामा लगेर उपचार भईरहेको छ । 

 दुर्घटनामा घाइते मध्ये बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत मेचीनगर–१५  का ६५ बर्षीया फुलमुन्नि मुर्मु निधार र मुखमा चोट, सोही स्थानकी ४२ बर्षीया जमुना राजवंशी निधारमा चोट अवस्था सामान्य र ११ बर्षीय अनिष राजवंशी टाउकोमा चोट अवस्था सामान्य रहेको छ । 

बिर्तासिटि अस्पताल बिर्तामोड उपचारत भद्रपुर–४  का ४० बर्षीय पुस्पलाल राजवंशी टाउको र दाहिने कुममा चोट अवस्था मध्यम, भद्रपुर–८ का ४० बर्षीय आफुद राजवंशी टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाच्एिको अवस्था गम्भिर, उनका छोरा १५ बर्षीय आशिष राजवंशी बायँ हात र चिउडोमा चोट अवस्था सामान्य, भद्रपुर–९ का  ४० बर्षीया टेमुना राजवंशी टाउकोमा र हातमा चोट अवस्था मध्यम रहेका छन् । 

यस्तै शिवसताक्षी–१० की २९ बर्षीया अन्जलि राई छातिमा भित्री चोट अवस्था मध्यम, बिर्तामोड–३  का २४ बर्षीय अभिषेक राजवंशी बाँया हातमा भित्री चोट अवस्था सामान्य, मेचीनगर–१५ की १५ बर्षीया कृतिका राजवंशी टाउकोमा चोट अवस्था सामान्य र भद्रपुर–४ कि ४५ बर्षीया पाथल राजवंशी दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

पिकअप चालक बिर्तामोड नगरपालिका–६  का ३९ बर्षीय जाकिर हुसेन र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र बस चालक तत्काल फरार रहेकोले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।