दुर्गापुर । 

झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना, सुरुवाती कोठा नेपाल, झापाको सहकार्य तथा कनकाई नगरपालिका वडा १ को संयोजनमा  विद्यार्थीसँग सँगै समुदायिक उत्तरदायित्व निर्वाह गर्ने उदेश्य अनुरुप दुई दिने होटल म्यानेजमेन्टतर्फ आधारभूत कुकिङ तालिम सप्पन्न भएको छ । 

दुर्गापुरस्थित सामुदायिक भवन माघ १२ र १३ गते  कुकिङ तालिम गरिएको थियो ।  आयोजक संस्थाका ब्यवस्थापक दीपक दासले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिका–१ का वडाध्यक्ष सुशील पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वडा प्रतिनिधि निर्मला खडकाले गरेकी थिइन् । 

कार्यक्रममा कनकाई–१ का ३० भन्दा धेरै गृहणी, युवा होटल ब्यावसायी हरुको समेत सहभागिता रहेको थियो । आयोजक कलेजका  सेफद्वय सन्तोष मगर र याङ्जिङ हाङगाम लिङ्देनले बर्गर, स्याडविज, इटालिय बेक्रफास्ट फुडहरु सहभागीलाई जानकारी दिदै बनाउने तरिका सिकाएका थिए।