बिर्तामोड ।
विद्यार्थीलाई अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागीता गराउँदै आएको निदि स्कुलको होटल म्यानेजमेन्ट ब्लक, आदर्श स्कुल अफ म्यानेजमेन्ट, बिर्तामोडको आयोजनामा सात दिने उद्घोष तालिम सम्पन्न भएको छ ।
सुरुवाती कोठा नेपाल झापा ,गैर सरकारी सस्था र आदर्श एम्वास्डर क्लबको संयोजनमा कक्षा ११ र १२ का ५० भन्दा बढी विद्यार्थीलाई विद्यार्थीको समग्र ब्यक्तिगत बिकासमा सहयोग पुर्याउने उदेश्यले सात दिने उदघोषण तथा सार्वजनिक भाषण कला तालिम सम्पन्न गरेको हो।
कार्यक्रमको उदघाटन सत्रमा संयोजन गर्ने सस्थाका कोषाध्यक्ष यज्ञराज कडरियाले बिद्यार्थीलाई यस्ता बिषयको ज्ञान लिनु अति आवस्यक रहेको बताएका थिए। दुई चरणमा सप्पन्न कार्यक्रममा विद्यार्थीले स्टेजमा कसरी कार्यक्रम गर्ने, औपचारिकता जस्ता विषयको ज्ञान लिएका थिए ।
सन्चारकर्मी उमाकान्त खनाल, तुलसीप्रसादनिरौला र सरोज पौडेलले तालिमको सहजीकरण गरेका थिए । सहभागी विद्यार्थीतर्फ युनिस राजवंशी र सलन दाहालले तालिमले आत्मबिश्वास बढाएको र अब कार्यक्रम सन्चालन तथा सार्वजनिक स्थलमा समेत राम्रोसँग आफ्नो अभिब्यक्ति दिन सक्ने भएको बताएको आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले जानकारी दिए ।


















