झापा ।
झापाको मेचीनगरस्थित इटाभट्टाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला मेचिनग–८ सूर्यदय टोलका ४१ बर्षीय दिलिप राजबंशीले आफ्नै घरको कोठामा खैरो हेरोईन बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
सोमवार साँझ ६ बजेको समयमा राजबंशीलाई उनकै घरको कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजवंशी सुत्ने कोठामा बाँसको मुढा माथि साना–साना पोकामा तयारी बनाउँदै गरेको बिभिन्न सेतो प्लाष्टिकमा प्लाष्टिक बाहेक १ ग्राम ४७० मिलिग्राम लागुऔषध फेला परेको बताइएको छ ।
उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।

















