झापा ।
झापाको मेचीनिगर नगरपालिका-१० स्थित धुलावारीबाट सात जना जुवाडे पक्राउ परेका छन् भने मेचीनगर-८ ८ इटाभट्टाचोकबाट चार जना लंगुरबुर्जा खेलाउने पक्राउ परेका छन् । गत असोज १८ गते मेचीनग-१० धुलाबारीका अन्दाजी ४५ बर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरमा जुवातास खेलाई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । यसैगरी गत असोज १९ गते लंगुरबुर्जा खेलाउने चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर-१० किरण लम्साल, हर्कराज राई, मेदनी बराल, मेचीनगर-५ मिलडाँडाका विशाल लावती, मेचीनगर-७ का प्रकाश लावती, शेखरनाथ भण्डारी र मेचीनगर-३ का सागर बस्नेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उक्त सेकुवा कर्नरको पछाडि उत्तर पट्टी रहेको टिनको छानो भएको घरमा रीतपूर्वक खानतलासी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको थियो ।
नियन्त्रणमा लिइ उनीहरुको साथबाट ८ बुङ तास र नेपाली नगद रुपैयाँ एक लाख आठ हजार पाँच सय २० रकम बरामद गरी जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरम झापा जिल्ला अदालतबाट चार दिनको म्याद प्राप्त गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै इटाभट्टाचोक डाइस खेलाउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र अस्थाई पोष्ट इट्टाभट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले नगद १८ हजार ५० रुपैयाँ र भारतिय २०० रुपैयाँ र डाइससहित चार जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर-६ का चेतबहादर लिम्बु, दिपक चौधरी, मेचीनगर– ५ का सनम तामाङ र मेचीनगर-७ का जुगल भुजेल रहेका छन् ।
प्रतिक्रिया 0