लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित लक्ष्मीपुरमा रहेको ब्राइटर इग्ङिलिश स्कुलले रजत जयन्ती बिविध कार्यक्रम गरी मनाएको छ । स्कुल परिसरमा आज (मंगलबार)  २५ औं बार्षिकोत्सव अन्तरगत रजत जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइएको हो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । 

रजत जयन्तीको अवसरमा बिद्यार्थी र शिक्षकहरुले गायन, नृत्य, भाषण, कविता बाचन, नाटक, मार्सल आर्टलगायतका कार्यक्रमहरु प्रस्तुत गरेका थिए । साथै बिद्यार्थीहरुले मौलिक सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रमकाबिच अर्जुनधारा–५ का निवर्तमान वडाध्यक्ष ध्यानबहादुर भारती साथै अन्य सामाजिक ब्यक्तित्व, पूर्व बिद्यार्थी, शिक्षकलगायतलाई सम्मानसमेत गरिएको थियो । 

स्वागत तथा बिद्यालयको गतिविधिका बिषयमा स्कुलका प्रिन्सिपल भास्कर भट्टराईले प्रकाश पारेको बिद्यालयका निर्देशक लेखनाथ भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक इशा थापाले गरेकी थिइन् ।