झापा ।
झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज (बिहीवार) बिहान ५ः४५ बजेको समयमा सोही स्थानका लखनलाल राजवंशीको श्रीमती अन्दाजी ५० बर्षीया लिला राजवंशी घाइते भएकी हुन् ।
आफ्नो बनाउदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा सोही स्थानमा रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आएर अचानक लिला राजवंशीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
राजवंशीको शरिरको विभिन्न भागमा चोट पुरयाइ गम्भीर घाईते बनाएको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















