हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ स्थित श्री पञ्चायत माध्यमिक विद्यालय ३५ जना विद्यार्थीलाई आज (सोमवार) जुत्ता तथा मोजा वितरण गरिएको छ।
मेची महाकाली बुहारी संयुक्त आवाजका संस्थापक अध्यक्ष तथा मेम्बसा इन्टरनेसनलकी अध्यक्ष यमु शर्मा सुम्बाकी सुपुत्री रोयक्षा शर्मा पौडेलको जन्मोत्सवको अवसर पारेर बाल कक्षादेखि कक्षा–५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकका रूपमा प्रयोग हुने जुत्ता–मोजा प्रदान गरिएको हो।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र अध्ययन वातावरण सहज बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन, सदस्यहरू अस्मिता मेयाङ्वो र गणेश केरुङ, संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, शिक्षक–अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष गणेश भट्टराईले सामाजिक उत्तरदायित्वले प्रेरित यस्ता कार्यले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन र प्रधानाध्यापक डिल्लीराम ढुंगेलले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याए ।
मेची महाकाली बुहारी संयुक्त आवाजकी जिल्ला अध्यक्ष गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोड्दै शिक्षामा सकारात्मक सन्देश प्रवाह गरेको छ।कार्यक्रमको सञ्चालन एवं सहजीकरण भन्ने विद्यालयका शिक्षक अभिषेक खतिवडाले गरेका थिए ।


















