झापा । 

झापाको बिर्तामोड नगरपालिका–८ बाट भन्सार छलेर भित्र्याएको १० लाख वढीको सामाग्री बरामद गरिएको छ । आज (बिहीवार) अन्दाजी ८ बजेको समयमा बिर्तामोड–८ गरामनीस्थित मदनपुर बिर्तामोड सडक खण्डमा भद्रपुरबाट बिर्तामोड तर्फ जाँदै गरेको WB 74 W 1296  नम्बरको मारुती  भ्यानमा  भन्सार छलेर चोरी  गरि ल्याएको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको हो । 

 अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको  प्रहरी टोलीले फेला पारी  उक्त गाडी र सामानहरु नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि  मेची भन्सार कार्यालय काँकरभिट्टा पठाईएको छ । 

 उक्त बरामद समानको  मूल्य र बरामद गाडीसहित अन्दाजी १० लाख ६८ हजार ५० रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। संकेत तस्वीर