झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । दक्षिण टटुवामारीबाट  उत्तर बाहुनटोलतर्फ आउँदै गरेका साईकलयात्री कमल गाउँपालिका–४ साधु टोल  अन्दाजी ३३ बर्षीय  राजेश नेम्वाङ पक्राउ परेका हुन् । 

उनलाई गोप्य सुचनाको आधारमा आइतवार ११ः४५ बजेको समयमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा  उनको साथबाट प्लाष्टिक बाहेक ४ ग्राम ८५० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ  फेला परेको प्रहरीले जनाएको छ । 

उनलाई साईकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा  ल्याएर राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।